सदस्य वार्ता:Krishna Kumar Saiju

पृष्ठ की सामग्री दूसरी भाषाओं में उपलब्ध नहीं है।
मुक्त ज्ञानकोश विकिपीडिया से
स्वागत!  नमस्कार Krishna Kumar Saiju जी! आपका हिन्दी विकिपीडिया में स्वागत है।

-- नया सदस्य सन्देश (वार्ता) 12:59, 14 सितंबर 2018 (UTC)[उत्तर दें]

मस्तिष्कघात, कसरी बच्ने ?[संपादित करें]

मस्तिष्कघात, कसरी बच्ने ?

मानव मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई (कार्यगत अशक्तता) चिकित्सकीय भाषामा मस्तिष्क घात भनिन्छ। मस्तिष्क घात भएका अधिकांश बिरामीलाई पक्षघात पनि प्राय: हुने हुँदा यो रोगलाई पक्षघात, प्यारालाइसिस, लकुवा जस्ता नामले पनि सम्बोधन गरिन्छ। हृदयघातपछि मृत्युको दोस्रो मुख्य कारण बनेको मस्तिष्क घात अस्पतालहरुको सघन उपचार कक्ष (आइसियु) प्रवेश र विश्वव्यापी शारिरीक अशक्तता प्रमुख कारण पनि हो। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष एक करोड पचास लाख मानिस मस्तिष्क घातको शिकार हुन्छन्। जसमध्ये पचास लाख मानिस यही रोगका कारण यो लोक छोड्न बाध्य छन् भने ५० लाख शारीरिक अशक्त भएर नारकीय जीवन जीउन बाध्य छन्। बाँकी रहेका पचास लाखमध्ये १५/१६ लाख चिकित्सकीय सेवापश्चात् सामान्य जीवनमा फर्किएका छन्। ३४/३५ लाख सामान्य शारिरीक अशक्तता साथ बाँचिरहेका छन्। अप्रत्याशितरूपमा अपर्झट हुने, तत्कालै ज्यान जान पनि सक्ने र बाँचिहाले पनि अधिकांश शारिरीक अशक्तता भई परनिर्भर र पराश्रित भएर बाँच्नुपर्ने हुन्छ ।यो समस्याको मुख्य कारण भने मस्तिष्कको रक्तसञ्चारसँग सम्बन्धित छ। मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै खरगतको थक्का जमेर वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरुमा भोजनबाट प्राप्त पोषक तत्र्व र प्राणवायु अक्सिजन आपूर्ति हुन नसक्दा तन्तुहरु मर्न जाने समस्यालाई मस्तिष्क घात भनिन्छ। मस्तिष्क हाम्रो शरीरको केन्द्रीय नियन्त्रण कक्ष हो भने सम्पूर्ण मानसिक क्रियाहरुको प्रोसेसिङ एकाई पनि मस्तिष्क नै हो । मस्तिष्क घात हुँदा नष्ट भएका स्नायु तन्तुहरुले गर्ने कार्य सुचारु हुन नसक्दा ज्यानै जाने वा बाँचेकाहरूमा शरीर, मन र भावनासँग सम्बन्धित समस्या देखापर्छन्। कसलाई हुने सम्भावना बढी रहन्छ ? उमेर ढल्किएका ५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्या भएका, उपरोक्त रोगका औषधी कहिले खाने, कहिले छाड्नेहरु, अति ब्यस्त जीवनशैली जिउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु, मुटु तथा रक्तसञ्चारप्रणालि सम्बन्धि समस्या, जस्तै– एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरुमा मस्तिष्क घातको जोखिम उच्च हुन्छ। यसबाहेक रक्तस्रावसम्बन्धी समस्या, जस्तै– घाउ हुँदा रगत बगेको बग्यै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्भनिरोधक औषधी खाने महिलाहरु, परिवारमा मस्तिष्क घातका इतिहास भएकाहरु, टाइप 'ए' व्यक्तित्व भएकाहरु, हालसालै अथवा पुरानो मस्तिष्क संक्रमणले ग्रस्त रोगीहरुमा मस्तिष्क घात ज्यादा गरेको पाईन्छ ।

मस्तिष्क घातका लक्षणहरु: अचानक सहनै नसक्नेगरी छुट्टै तरिकाले टाउको दुख्नु, रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीररको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखापर्नु, होस हराउनु, एकाएक दृष्टि धुम्लिनु वा बन्द हुनु, बोली लट्पटिनु वा बोल्न नसक्नु, पसिना छुट्नु, वान्ता हुनु मस्तिष्क घातका लक्षण हुन्। मस्तिष्क घात आपतकालीन स्थिति भएकाले माथि उल्लिखित लक्षण देखिनेबित्तिकै बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउन सकियो, त्यति नै धेरै बचाउन वा अशक्तता कम गराउन सकिन्छ। मस्तिष्क घातको आपतकालीन अवस्था सम्हाल्न न्युरोलोजिष्टहरुको टिम नै चाहिन्छ भने रेडियोलोजिष्ट र प्याथोलोजिष्टहरुको पनि उत्तिकै भूमिका हुन्छ। घातको प्रकृति, प्रकार र क्षतिग्रस्त स्थान थाहा पाउन सिटीस्क्यान, एमआरआइ, ट्रन्सक्रेनियलडोपलर, केरोटिटडोपलर जस्ता विकिरणीय निदान पद्धति अपनाइन्छ भने रक्त तथा मूत्र परीक्षणबाट रोगको कारण थाहा पाउन सकिन्छ। आपतकालीन व्यवस्थापनका लागि सघन उपचार कक्ष हुन नितान्त जरुरी छ। घातका प्रकृति र कारण थाहा पाएपछि खतराको स्थितिका आधारमा औषधी वा अप्रेसनद्वारा उपचार अगाडि बढाइन्छ। मस्तिष्क घातपछिका समस्य: सघन तथा आपतकालीन उपचारपश्चात् पनि १५ प्रतिशत बिरामीलाई बचाउन सकिएको छैन। बाँचेकामध्ये १० प्रतिशत पूर्ण सकुशल हुन सकेका छन् भने ७५ प्रतिशतमा सामान्य, मध्यम, परनिर्भर हुनुपर्ने, निरन्तर चिकित्सा सेवा लिन पर्नेखालका शारिरीक अशक्तता देखापर्छ। मस्तिष्क घातले आघात पुर्‍याएको स्नायुकेन्द्रको स्थिति र ब्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृति देखापर्छ जसमध्ये प्यारालाइसिस मुख्य हो। अन्य समस्यामा एकापटिका हात खुट्टा वा अनुहारमा झमझमाहट, भारीपन वा कमजोरी देखिनु, खान चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु स्पर्शादि शारीरिक संवेदना थाहा पाउने नहुनु, दृष्टि धुम्मिनु वा बन्द हुनु, मुड परिवर्तन भइरहनु, स्मरण शक्ति, एकग्रता वा चेतनाको स्तरमा परिवर्तन देखिनु र भावनात्मकरूपमा कमजोर हुने जस्ता समस्या आउन सक्छ। उपचाार: आपतकालीन उपचारपश्चात मस्तिष्क घात फेरि हुन नदिन यसका जोखिमहरुको निदान गरेर नियमितरूपमा चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गर्नुपर्छ भने घातपछि देखिएको विकलाङ्गताको निवारण गर्न पुनर्स्थापना नितान्त जरुरी छ। सही समयमा पुनर्स्थापना हुन सकेमा विकलाङ्ता कम गराएर परनिर्भर हुनबाट बचाइ दैनिक जीवनका कठिनाइहरु हटाउँदै बिरामीलाई स्तरीय जीवन दिन सकिन्छ। पुनर्स्थापना पनि चिकित्सक, फिजियोथेरापिष्ट, नर्सिङ स्टाफ, स्पिचथेरापिस्ट, मनोवैज्ञानिक, योगगुरु, घरका सदस्य र सहयोगीहरुको सामूहिक प्रयास हो। एक्सरसाइजथेरापी, इलेक्ट्रोथेरापी र स्पिचथेरापी जस्ता उपचार स्थिति हेरेर सघन उपचार कक्षबाटै सुरु गर्नुपर्ने पनि हुन सक्छ। प्यारालाइसिस भएकाहरुलाई कहिले पनि असाध्य सम्झेर घरमा थन्क्याएर राख्न हुँदैन, जतिसक्दो चाँडो पुनर्स्थापना केन्द्रमा लगेर उपचार गराउनुपर्छ। केन्द्रमा चिकित्सकहरुले रोगीको सम्पूर्ण अवस्था जाँच गरी मस्तिष्क घातले ल्याएको शारीरिक अशक्ततालाई राम्रोसँग केलाएर त्यसका निवारणका लागि थरिथरिका थेरापी र विधि प्रयोग गर्छन्। तीमध्ये एक्टिभ र प्यासिभ एक्सरसाइज, पिएनएफ एक्सरसाइज, मसल स्ट्युमुलेसन, तेल मालिस, अकुपञ्चर, गेट–ट्रेनिङ, मनोपरामर्श, स्पिचथेरापी, दिसापिसावको सम्हार, नर्सिङ केयर जस्ता उपचार पर्छन्। सावधानी तथा बच्ने उपाय: - ४० वर्ष उमेर पुगेपछि नियमित रक्तचाप, मधुमेह, कोलेस्टेरोलको जाँच गराउने गरौं। जोखिम भएको पाइएमा यसलाई नियन्त्रण गर्न चिकित्सकको सल्लाहअनुसार औषधी खाऔं वा जीवनशैली परिवर्तन गरौं। औषधी सेवन गरी यी रोग नियन्त्रित भए पनि आफूखुसी औषधी खान छाड्ने नगरौं। - धूमपान, मद्यपान, सूर्ति र नशालु पदार्थ सेवन नगरौं। - शरीरको तौललाई आफ्नो कदअनुसार नियन्त्रणमा राखौं। - नियमित हल्का व्यायाम गर्ने बानी बसालौ तर जोखिममा परेकाले भुलेर पनि कठिन व्यायाम गर्नुहुँदैन। - स्वस्थ्यकर खाना खासगरी मसिनो मीठो भन्दा खस्रो मोटो खाना, हरियो सागसब्जी, फलफूल, रेसा र चोकरयुक्त भोजनलाई प्रश्रय दिऔं। तेल, घिउ, बोसो जस्ता चिल्ला पदार्थ कम खाऔं। भिटामिन (इ) युक्त खाद्द्पदार्थ खानामा अवश्य समावेश गरौं। - तनावलाई बिदाई गरौं। विश्रामलाई र मनोरन्जन लाइ आत्मासाथ गरौं। भावनालाई वशिभूत गरौं। जोखिमपूर्ण जीवनशैली र व्यक्तित्व भएकाहरुले जीवनशैली परिवर्तन गरौं। - चिसोबाट जोगिऔं। चिसोमा रक्तनलीहरु साँघुरिएर रक्तचाप बढ्न गई मस्तिष्क घातको समस्या ज्यादा देखिन्छ। - मष्स्तिक घातका जोखिम मानिने शारीरिक समस्या, जस्तै– नसाभित्रै रगत जम्ने रोग, मुटु तथा रक्तसञ्चारसम्बन्धी रोग, जस्तै– एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, लेफ्ट भेन्ट्रिकुलार डाइलाटेसन जस्ता समस्या बेलैमा निवारण गर्नतिर लागौं। - हरियो साग सब्जी र भेज खानामा जोड दिनुपर्छ । घिउ खाँदै नखाने, तेल एकदम कम खाुपर्छ । खसीको मासु कम खाने, सकभर नखाएको राम्रो । कुखुराको मासु पनि कम खाने । अब रोग अनुसार हेर्ने हो भने प्रेसर, सुगर, कोलस्ट्रोलको नियमित चेक गर्ने यस्ता कुरामा ध्यान दिने समयमा स्वास्थ्य परीक्षण गर्ने हो भने ८० प्रतिशत मस्तिष्क घातबाट बच्न सकिन्छ । -- Best Regards from, Dr. Krishna Kumar Saiju DHMS (Homeopathic Physician) Study IN Japan and many more Swostik Herbo Trade Pvt. Ltd. Baglung http://swostikherbotrade.onuniverse.com Simrik Homeo Pharma

Mobile No :-9847767703 086 522017 Thank you Krishna Kumar Saiju (वार्ता) 06:26, 14 अगस्त 2019 (UTC)[उत्तर दें]

मास हिस्टेरिया को बढ्दो आतंक र जानकारी[संपादित करें]

मास हिस्टेरिया को बढ्दो आतंक र जानकारी


हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ ।हिस्टेरिया मानसिक क्षेत्रका तन्तुहरूमा अस्थायि रूपले बिकृति उत्पन्न भएर सम्वेदनात्मक क्षेत्रबाट प्रत्यक्ष सम्पर्क टुट्ने वा उल्टो प्रभाव पर्न गई मानिस असन्तुलित हुने वा अत्यधिक समवेदना उत्पन हुने रोग हो । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो, सामान्य प्रभाव परेको अवस्था मा कुनै किसिम को ज्यान हानि हुँदैन त्यसैले आत्तिनु आवस्यक छैन।हिस्टेरिया भन्ने शब्दलाई मनोरोग विशेषज्ञहरूले पटक्कै प्रयोग मा ल्याउन चाहदैनन्।हाम्रो परम्परागत समाज मा ब्यपत हिस्टेरिया को गलत बुझाइले गर्दा रागीमा हिस्टेरिया शब्दको प्रयोग गर्दा बिरामी झनै बढी प्रभावित हुनसक्छ, त्यसैलो यसमा सावधानि अपनाउनुपर्छ, तसर्थ आजभोलि डिस्सोसियटिभ डिस्अर्डर भनिन्छ। हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अङ्ग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यति बेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्षौंसम्म यो समस्यालाई यसै गरी हेरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनजन्य क्रियाकलाप संग कुनै सोझो सम्बन्ध नभएको तर मानसिक तनावसँग सम्बन्धित भएको देखाएको छ। किन हुन्छ हिस्टेरिया ? – अनुसन्धानका अनुसार तनावका कारण हुन्छ । – तनावको प्रकार जस्तो पनि हुन सक्छ । – पढाइलेखाइको तनाव । – पारिवारिक तनाव । – नाता सम्बन्धको तनाव – आर्थिक तथा सामाजिक तनाव – प्रतिस्पर्धाको तनाव – कामनापूर्ति नहुँदाको तनाव – इज्जत प्रतिष्ठाको तनाव आदि । – यौनसम्बन्धी समस्याहरूले तनाव - आत्मा ग्लानिताको तनाव – सङ्कीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव लक्षण –हिस्टेरिया भयो भने बेहोस हुने । –अदृश्य शक्तिले छोप्ने । – हात खुट्टा झमझमाउने र लाटो हुने । –घाँटीमा डल्लो अड्केको महसुस हुने । – वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने । – छिटोछिटो सास चल्ने । –हातखुट्टा नचल्ने । –आवाज बन्द हुने । –आँखा नदेख्ने । –रुने, चिच्याउने, काम्ने । –उत्तेजित हुने । -बर्बरीउने -चिडिडउने –कुटपिट गर्ने, कपडा च्यात्ने । –सम्झना शक्ति हराउने आदि । कतिपय बिरामीले आफूलाई देवीदेवताको रूप र अवतारसम्म पनि भन्ने गरेको पाइन्छ । हिस्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । लक्षणहरू पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरूबीच फरक फरक हुन सक्छन् । कारण हिस्टेरियाका लक्षण देखिने व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्त्व दिएको देखिन्छ । यो बुझाइ एकदमै गलत हो । हिस्टेरिया अनेक कारणहरूको उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ । साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरू सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरूले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञले विभिन्न प्राविधिक उपायहरू पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरूले हुन सक्छ । महिलालाई किन बढी ? – महिलाले पुरुषजस्तो मनका कुरा व्यक्त गर्न सक्दैनन् । – उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ । – जहाँ पीडा गुम्सिन्छ त्यहाँ समस्या बढी हुन्छ । – किशोरीमा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तन पनि कारण हो । – किशोरीहरू परिवार र समाजबाट बढी नियन्त्रण हुनु । – महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यता । – महिला बढी अन्तरमुखी बन्न बाध्य हुनु । – पढ्ने, जीवनसाथी रोज्ने र आफ्ना समस्याहरूलाई नडराइ, नलजाइ भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम छ । हिस्टेरिया र अन्य मनोरोग हिस्टेरियाको अन्य मानसिक रोगसँग गहिरो सम्बन्ध छ । केही व्यक्तिहरूमा पहिले नै मानसिक रोगहरू भएको अवस्थामा हिस्टेरिया उत्पन्न हुन सक्छ । केही मानसिक रोगहरूले व्यक्तिको तनाव बहन गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर हिस्टेरिया हुन सक्ने सम्भावना बढाइदिन्छन् । हिस्टेरियाको समयमै उपचार भएन भने अन्य मानसिक रोग उत्पन्न हुन सक्छन् । आफैँ तनावको पहिचान गर्न त्यति सजिलो नहुने हुनाले हिस्टेरिया अन्य कुनै व्यक्तिको सहायताबिना ठिक हुन कठिन हुन्छ । हिस्टेरियाको समयोचित समाधान नभएमा व्यक्तिमा हीनताबोध उत्पन्न हुनेदेखि विभिन्न प्रकारका मानसिक रोगहरू जस्तै: डिप्रेसन, आत्तिने रोग’ उत्पन्न हुन सक्छ् । अन्धविश्वास, कुरीति, चेतनाको कमी नै अविकसित देशमा हिस्टेरियाको प्रमुख कारण र उपचारमा ढिलाइ हुने मुख्य कारणमध्ये एक हो । देवीदेवता उत्रेको, नाग लागेको तथा विभिन्न किसिमका भूतप्रेतमाथिको अन्धविश्वासले यो रोग लाग्नमात्र होइन यस रोगको राम्रोसँग उपचार गराउन पनि समस्या देखिएको छ । अहिले पनि नेपाली समाजमा अविवाहित महिलामा हिस्टेरियाको लक्षणहरू देखिएको खण्डमा विवाहले हिस्टेरिया ठिक गर्छ भन्ने गलत धारणा कायमै छ । विवाहले कसैकसैलाई तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठिक पारेको हुन सक्छ, यो एकादुइ अपबाद हो। तर कतिपय महिला तथा पुरूष लाई हिस्टेरिया विवाह भएपछी उत्पन्न हुन्छ ।अझै भन्नपर्दा कतिपयमा त विवाहपश्चात् हिस्टेरिया झनै उग्र भएर आउँछ । बुझ्नुपर्ने कुरा विवाहले होइन तनावको निदानले नै हिस्टेरिया ठिक हुन्छ । हिस्टेरियाको उपचारमा एकदमै साम्यता र सावधानिता आवश्यक छ । उपचार हिस्टेरिया पूर्णतया मनको खेल भनौ मनको गहिरो खाडल हो, मनको अवचेतन हो। यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरूद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । यो रोग ब्यक्तीको मानसिकताले म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो ।जनाउ धन्टी जस्तै हो । यस कुरालाई परिवार, साथी समूह तथा वरपरका मानिसले संवेदनशील भएर बुझ्न खोज्नुपर्छ । तनावको पहिचान र उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो । यस रोगको अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त हुन्छन् तर सँधैको लीगी भने पटक्कै होइन। तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिन्छन् । निदानको लागि तनावको पहिचान आवश्यक छ । विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ । हिस्टेरियाको सर्वोत्तम उपचार माइन्डबडी मेडिसिन हो, साइकोथेरापी हो । मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थैरपी ‘सीबीटी’, इएफटी तथा योग, ध्यान, प्राणायामजस्ता यौगिक क्रियाहरूद्वारा नै हिस्टेरियाको उपचार गर्नुपर्दछ । हिस्टेरियाको कर्को एक महत्वपुर्ण भुमिका भनेको घरमा धरको सबैभन्दा ठुलो सदस्य, बिद्दालयमा प्रधानाध्यापक, तालिम केन्द्रमा प्रमुख प्रशिक्षक र कक्षामा भय समकक्षिक सहपाठी साथिहरूको हौसला, सहास, आढस र बिनम्रता नै उपचार तथा समाधानको मुख्य माध्यम हो।

बबाशिर (पायल्स) र समाधान[संपादित करें]

बबाशिर (पायल्स) र समाधान

बदलिँदो खानपान र जीवनशैलीका कारण नेपालमा धेरै मानिस पायल्स रोगबाट पीडित हुने गरेको पाइन्छ । पायल्सले सबै उमेर समूहका व्यक्तिहरू सक्रंमित हुने गरेको देखिएको छ ।

मानवलाई प्राचिन समयदेखि नै प्रताडित गर्दै आएको यो रोगबाट आज पनि विश्व जनसंख्याको करिब ७० प्रतिशत कुनै न कुनै उमेरमा संक्रमित हुने गरेको अनुमान छ । यसरी संक्रमित भएकामध्ये १० प्रतिशत रोग ठिक नभएर दीर्घरोगी हुने गरेको एक अध्यायनले दखाएको छ ।९० प्रतिशत रोगी सरसफाइ, खानपान र औषधिय प्रबन्धले ठिक भएका छन् । ठिक नहुनुको मुख्य कारणमध्ये बेलामा उपचार नपाउनु, रोगका बारेमा जानकारी नहुनु र हेरविचारमा कमी भएको देखिन्छ। नेपालका कतिपय व्यक्तिहरूले पायल्सको बारेमा बुझेको त के थाहा पनि हुँदैन । समस्याले सताइरहेको भएतापनि लाज र अज्ञानताको करन लुकीइरेको हुन्छ।

पायल्स मलद्वारसँग सम्बन्धित रोग हो । त्यसैले गर्दा धेरैजसो मानिसहरू यसको बारेमा खुलेर कुरा गर्न सक्दैनन् । पायल्स, बबासीर, हेमोरोइड्स, अर्ष तथा मूलब्यादी जस्ता नामबाट परिचित यो रोगअन्तर्गत मलद्वार तथा मलाशयका भित्ताहरूमा स्थित रक्तनलीहरू विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृंखलाबद्ध समस्याहरू पर्ने गर्छन् । योग, आयुर्वेद, युनानी र परम्परागत चाइनीज चिकित्सा (टीसीएम) जस्ता हजारौं साल पुराना चिकित्सा प्रणालीका वैद्यकीय ग्रन्थहरू लगायत धार्मिक ग्रन्थहरूमा समेत यो रोगलाई अत्यन्त कष्टकारक रोगको रूपमा सूचीकृत गरिएको छ ।

मानिसहरूको भिन्न जीवनशैली र खानपानको कारणले गर्दा यो रोग धेरैलाई लाग्ने गरेको छ । यस रोगलाई साधारण समस्या हो भनेर हेलचेक्रयाइँ गरेको खण्डमा बिरामीले विभिन्न समस्या भोग्नुपर्ने मा बिभेद छैन । रक्तनलीहरू च्यापिनाले असह्य पिडा हुने, नलीहरू कडा भएर रक्तसञ्चार रोकिनाले घाउ पनि हुन्छ । पायल्स भएको रोगीहरूमध्ये मलद्वारबाट कसैको पिप बग्ने, अंगुर जस्तो झुप्पो पलाउने र रातै भएर सुन्निने हुन्छ । यो रोगका व्यक्तिहरूलाई कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन । ठूलो आन्द्राको अन्तिम भागको रुपमा रहेको मलद्वारको भित्तामा अशुद्ध रगत भएको स–साना रक्तनलीहरू मलद्वारको भित्री तहमा रहेको हुन्छन् । यो रोग लागेपछि मलाशय तथा गुदद्वराका भित्ताहरूमा अवस्थित रक्त शिराहरू सुन्निने, शिरा र धमनीहरूको मिलन विन्दु फुल्ने, तन्कने र वरिपरीका तन्तुहरू सहित तलतिर खस्ने हुन्छ् ।

पाइल्सका प्रकार: यो रोगलाई उत्पत्ति तथा क्षेत्रका आधारमा आन्तरिक, बाह्य र संयुक्त पाइल्स गरेर तीन समूहमा बाँडिएको पाइन्छ । मलद्वारमा अवस्थित प्याक्टिनेट लाइनभन्दा तलबाट उब्जिएको पाइल्स भए बाह्य, माथिबाट उब्जिएको भए आन्तरिक र दुवै क्षेत्रबाट उब्जिएको भए संयुक्त पाइल्स भनिन्छ ।

पाइल्सलाई क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ गरेर चार श्रेणीमा पनि विभक्त गरिएको छ ।

प्रथम श्रेणीको पाइल्समा शिराहरू सुन्निएर सानो डल्लो बनी मलाशयमा नै रहने तर बाहिर नआउने हुन्छ । द्वितीय श्रेणीको पाइल्समा सुन्निएका नशाहरू मल त्याग गर्दा मात्र बाहिर आउने गर्दछ तर मलत्यागपछि पुनः आफ्नै स्थानमा जाने गर्दछ । तृतीय श्रेणीको पाइल्समा शिराहरूको डल्लो बाहिर आउने तर आफै यथास्थानमा नजाने, हातको सहाराले भित्र पसाएमा मात्र भित्र जाने गर्दछ । चौथो श्रेणीको पाइल्समा सुन्निएको नशाका डल्लाहरू निरन्तर मलद्वारा बाहिरनै रहिरहने गर्दछ । आन्तरिक पायल्स: आन्तरिक पाईल्सलाई रक्तश्रावी पाइल्स पनि भनिन्छ । रक्तश्रावी पाइल्स हुँदा रोगीलाई धेरै दुख्दैन तर नशाहरू फुटेर एक्कासी रक्तश्राव हुन्छ । रक्तश्राव पनि सामान्य, मध्यम र तिव्र गरी तीन प्रकारले हुने गरेको छ । सामान्य रक्तश्राव हुँदा रगत दिसासँग लागेर मात्र आँउछ । मध्यम रक्तश्राव हुँदा रगतका थोपाथोपा टप्किने गरी रक्तश्राव हुने हुन्छ भने तिव्र रक्तश्रावमा रगत सिर्का हालेर बाहिर आँउछ । बाह्य पाइल्स: बाह्य पाइल्स हुँदा रोगीलाई अत्यधिक पीडा हुन्छ तर रक्तश्राव भने धेरै हुँदैन । दिसा कडा भए रक्तश्राव पनि हुन सक्छ । यो पाइल्स लामो समयसम्म निको नभए गुदद्वाराको वरिपरी क्र्याक (फिसर) आउने, घाउ हुने र घाउ बढ्दै गएर घाउको मुख अन्तै गएर खुल्ने (फिस्टुला) हुने, घाउ पाक्ने पिप बग्ने र घाउको नयाँ मुखबाट दिसा निस्कने र अन्तत्वगत्वा गुद्द्वार खस्ने र मलाशयको क्यान्सरसम्म हुन सक्ने सम्भवना रहन्छ । लक्षणहरू: यो रोग सुरु हुँदा मलाशय तथा गुदद्वारमा भारीपन बढ्ने, चिलाउने, दिसा नसकिने र अलि अलि दुख्ने जस्ता लक्षणहरू देखा पर्दछन् । रोग बढ्दै गएमा मलाशयका रक्त नलिहरू सुन्निने, फुट्ने भई अकस्मात रक्तश्राव हुने गर्दछ । सुन्निएका रक्त नलिहरू र वरिपरीका तन्तुहरू तल खस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पाजस्तो मासुका डल्ला–डल्लीहरू गुदद्वार वरिपरी देखिने गर्दछन् । बाह्य पाइल्स भएको भए अत्यन्त पीडा हुने दिसा अड्केको आभाष हुने उठ्न, बस्न, हिँडडुल गर्न गाह्रो हुने, मलत्याग पछि पनि पेट सफा नभएको जस्तो हुने, मासी पर्ने, मलद्वार वरिपरी चिलाउने र दिसा बस्दा दुख्ने जस्ता लक्षणहरू पनि यो रोगमा देखा पर्दछन् । पायल्स हुने कारण: पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान नै हो। लगातार कब्जियत भइरहनु, दिसा गर्दा कन्नुपर्ने, आउँ पर्नु, धेरै पखाला लाग्नु, खानपिनमा रेसादार खानाको कमि, हरियो सागपात नखाने, शारीरीक व्यायाम कम गर्ने, पानीको सेवनमा कमी, धेरै ब्रत बस्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, विस्कुट, चाउमिन, अनियमित खानपान, रक्सी, चुरोट, सुर्तीको अत्यधिक प्रयोग, भुटेतारेको बढी खाने गर्नाले पायल्स तथा रक्तनलीमा समस्या उत्पन्न हुने हुन्छ । दिसामा रगत आउने, मासु पलाउने जस्ता समस्या आउने गर्दछ । दिसा कब्जियत वा दिसा थोरै आउनु, नियमित दिसा नहुनु, दिसा पिसाब लागेको बेला नगर्नु, अत्यधिक गर्मि वातावरणमा बस्नु, तेलको बढी प्रयोग हुनु पनि यसका कारण हुन् । शरीरलाई आवश्यकता भन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएको अवस्थामा पनि पायल्स हुन्छ । कसरी थाहा पाउने ? दिसा गर्दा समस्या हुने, दुख्ने, मलाशय भारीपन हुने, यसको मुख्य लक्षण हो । रोग बढ्दै गएपछि दुखाइ पनि बढ्दै जाने र गुदद्वारमा मासुको डल्ला निस्किने, चिलाउने हुन्छ । गर्न नहुने र खान नहुने: माछामासु, बासी खानेकुरा, कालो दाल, पिरो, चिल्लो तथा मसला बढी भएको, अदुवा, रेडिमेट खानेकुरा, अमिलो, चना, भन्टा, आलु, बोतल बन्द कुराहरू, पुरानो अचार, चियाकफी, चुरोट रक्सी जस्ता चिज उपभोग नगर्ने । पायल्स भएको व्यक्तिले यस्तोे चिच नखाने जसले पेटलाई भद्दा बनाउछ । मद्यपान र धुम्रपान झन् गर्नुनै हुँदैन, जसले झन् बढी समस्या निम्ताउँछ । खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिए पायल्स हुनबाट बचिन्छ । यदि यी कुरामा ध्यान दिन सके पायल्स भएको छ भने पनि छिटो निको हुन्छ । के खाने र के गर्ने ? हरियो सागपात काँचै खाने, पानी प्रशस्त पिउने, जौ, ब्राउन राईस, रहर तथा मुगको दाल, फलफूल प्रशस्त खाने । खानासँग काँक्रो, गाजर, मुला, नरीवल, अनार, स्याउ, बेलजस्ता फलफूल, करेला, धनिया, लौका आदि खाने गर्नुपर्छ । कब्जियत हुन नदिन हरेक दिन शारीरिक व्यायाम गर्ने, एक गिलास गाईको दूधमा आधा कागती राखेर खाँदा कसैकसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठिक भएको अनुभब पनि सुनाउछन पिडित हरू । नरिबलको बाहिरको झुस पोलेर एक चिम्टि खरानी र दुबोको दुई चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसगँ खाँदा पनि सन्चो हुन्छ । पायल्स भएको व्यक्तिले शुरुमा खानपान र जीवनशैली बदल्नुपर्छ जसले स्वास्थ्यमा समस्या आउँदैन । पर्याप्त पानी पिउने, पेटको सरसफाइमा ध्यान दिने, स्वास्थ्य भोजन तालिका अपनाउने, रेसायुक्त वा फाईवरयुक्त खाना खाने र व्यायाम गर्ने जस्ता बानीले पायल्स हट्न मद्दत गर्छ । उपचार: प्राकृतिक विधि शौच गर्दा बल नगर्ने र नियमित रुपमा शौच गर्ने बानी बसाल्नुपर्छ । सातामा कम्तिमा एक दिन उपवास बस्नु राम्रो हुन्छ । रक्तश्राप भएको बेला मलद्वारमा बरफले मालिस गर्ने र नभएको बेला सहन सक्ने तातो पानीमा २०,२५ मिनेट मलद्वार डुबाएर बस्नुपर्दछ । खस्रो मोटो खानेकुरा खाने र दिसा गरिसकेपछि मलद्वार राम्रोसँग धोई तातोपानीले सेक्ने गर्नुपर्छ । मलद्वार खुम्चाउने र फुकाउने । घरेलु विधि: पायल्सका रोगीले तारेको, भुटेको, मसलेदार खानेकुराले समस्या आउने भएकोले यी चिजहरूको प्रयोगबाट टाढै बस्ने । फाइबरयुक्त, झोलिलो खानेकुरा, मुलाको रस, कागतीपानीको सेवन गर्नु राम्रो हुन्छ । मुलामा डाइट्री फाइबर्स पाइने भएकोले यसले स्टुललाई मुलायम गर्न सहयोग गर्ने पाचन प्रक्रिया राम्रो हुने भएकोले पायल्स भएको व्यक्तिलाई मुलाको नियमित सेवन गर्न आग्रह गरिन्छ । यसको नियमीत सेवनबाट पायल्स सम्बन्धि समस्या केही महिनामै निको हुन्छ र पायल्स सम्बन्धी समस्या बढ्दा पनि बढ्दैन । साथै मुलाले चिसो बनाउने काम गर्छ, जसले गर्दा जलनमा पनि राहत प्राप्त हुन्छ । रोगीले काँचो मुला र मुलाको रस बनाएर खाँदा राम्रो हुन्छ। थप सल्लाहा र जानकारी को लागी ०६८५२२०७ मा सम्पर्क गर्नुहोला । Krishna Kumar Saiju (वार्ता) 06:33, 14 अगस्त 2019 (UTC)[उत्तर दें]

रोग र मृत्यु दर घटाउन शाकाहारी बनाै[संपादित करें]

रोग र मृत्यु दर घटाउन शाकाहारी बनाै

तपाईं कुनै रेष्टुरेन्टको मेनुमा आँखा दौडाउनुहोस्, ननभेज परिकारको सूची लामो देख्नुहुनेछ । कुनै भोज-भत्तेरमा पुग्नुहोस्, मासुकै परिकारले प्लेट भरिभराउ हुनेछ । कम्तीमा पनि सप्ताहन्त मासु खानैपर्ने प्रचलन हाम्रो समाजमा छ । यी पृष्टभूमीलाई हेर्ने हो भने ठोकुवा गर्न सकिन्छ, हामी मांशहारी छौं ।

चाडपर्व, जमघट, उत्सवलाई रसिलो बनाउन हामी मासुको साथ खोज्छौं । मीठो-मसिनो खानेकुराको प्रसंग आउनसाथ हाम्रो भान्सामा मासुजन्य परिकार पाक्ने गर्छ । पशुपंक्षीको मासु नै हाम्रो लागि मीठो परिकार हो ।

अब हिसाब-किताब गरौं, हामी दिनहुँ कति मासु उपभोग गर्छौं ? हामीले उपभोग गर्ने मासुका खातिर कति पशुपंक्षी मारिन्छ ? यत्तिका पशुपक्षीको हत्या र त्यसको सेवनबाट मानव स्वास्थ्य एवं पर्यावरणमा कस्तो असर परिरहेको छ ?


यो कुरामा किनपनि सोच्नुपर्ने बेला भएको छ भने, मासुजन्य परिकारको सेवन मानव स्वास्थ्यका हिसाबले हानिकारक मात्र छैन, पर्यावरणका लागि पनि । पछिल्लो समय जसरी जलवायु परिवर्तन र पर्यावरण दुषित हुँदै गएको छ, त्यसमा मासुजन्य उपभोगलाई पनि एक प्रमुख कारक मानिएको छ ।

त्यसो त अहिले एकाथरीले शारीरिक रुपमा पोषक तत्व आपूर्तिको लागि मासु अनिवार्य भनी तर्क गर्ने गरेका छन् । प्रोटिन, फ्याट, आइरन जस्ता पोषक तत्वको स्रोत हो मासु । अन्नपात एवं सागसब्जीको अभाव टार्न समेत मासु खानुपर्ने अवस्था पनि छ ।

तर, जब तपाईं कुनै रोगको उपचार गर्न अस्पताल पुग्नुहुनेछ, चिकित्सकले कतिपय खानेकुरा नियन्त्रण गर्न सुझाव दिन्छन् । र, अक्सर यस्ता खानेकुरामा मासुजन्य परिकार पर्छ । खासगरी रातो मासु । जबकी हामीले उपभोग गर्ने मासुको प्रकारमा धेरैजसो रातो मासु नै पर्छ । यसमा खसी, बोका, रागा, भैंसी, सुँगुर आदि पर्छ ।

चिकित्सकहरु के पनि भन्छन् भने, मासुबाट जुन पोषक तत्व प्राप्त हुन्छ, त्यो अन्य सागसब्जीबाट पनि प्राप्त गर्न सकिन्छ । अर्थात मासु निर्विकल्प स्रोत होइन । त्यसैले सन्तुलित भोजनका लागि मासुमै निर्भर हुनुपर्छ भन्ने छैन ।

अब रह्यो स्वादको कुरा । मासुजन्य परिकार मात्र स्वादिलो हुन्छ भन्नु आफैमा भ्रम हो । स्वादमा विविधता खोज्ने र जिब्रोलाई नयाँ स्वादमा अभ्यस्त गर्ने हो भने अनेकथरी सागसब्जी फेला पर्छ ।

शारीरिक स्वास्थ्यका लागि मासु त्यती उपयोगी नहुने त पुष्टि नै भइसकेको छ । धेरैजसो रोगमा तपाईंले मासुको उपभोग कटौती गर्नै पर्छ ।

अझ महत्वपूर्ण कुरा त के भने, हाम्रो शरीरको संरचना मासुको लागि अनुकुल नभएको बताइन्छ । मासु पचाउन पाचन यन्त्रले धेरै भार व्यहोर्नुपर्छ । मासु लामो समयमा मात्र पच्छ । त्यसमाथि मासुका लागि जनवारको छनौट गर्ने, बध गर्ने, भण्डारण गर्ने, पकाउने कुरामा हामी अस्वस्थ्यकर विधी अपनाउँछौं । यसले गर्दा मासु हाम्रो लागि रोगको भण्डार बन्ने गर्छ ।

मासुको खपत पूर्णत ठप्प भयो भने मुटुको रोगी, मधुमेह, स्ट्रोक र केही किसिमको क्यान्सर पनि पटक्कै हुनेछैन । यस्तो अवस्थामा विश्वभरबाट स्वास्थ्य उपचारका लागि जति खर्च हुन्छ, त्यो बचत हुनेछ ।

यी भए, शारीरिक स्वास्थ्यको कुरा । मासुजन्य परिकारको उपभोगले पर्यावरणमा पनि नकारात्मक असर परिरहेको छ । एउटा आलेखमा के दावी गरिएको छ भने, ‘यदि सन् २०५० सम्म विश्वका मानव समुदाय शाकाहारी भए भने हरेक बर्ष ७० लाख कम मृत्यु हुनेछ । त्यसैगरी पशुसँग जोडिएको उत्पादन पूर्णत खपत गर्न छाडियो भने हरेक बर्ष ८० लाख कमको मृत्यु हुनेछ ।

अक्सफोर्ड मार्टिन स्कुल फ्युचर अफ फुड प्रोगामको एक रिसर्चबाट यो तथ्यांक तयार गरिएको छ । रिसर्चर मार्को स्पि्रगम्यानका अनुसार खाद्य सामाग्रीसँग जोडिएको उत्सजनमा ६० प्रतिशतको गिरावट आउनेछ । यो रेड मिटबाट मुक्तिको कारण हुनेछ । किनभने रेड मिड मिथेन ग्यास उत्सर्जित गर्ने पशुबाट प्राप्त हुन्छ ।


कोलम्बियामा इन्टरनेशनल सेन्टर फर ट्रपिकल एगि्रकल्चरमा काम गर्ने एन्ड्र्यु जर्विस भन्छन्, ‘विकसित देशमा शाकाहारी हुनु निकै फाइदाजनक छ । यो पर्यावरण र स्वास्थ्य दुबैका लागि फाइदा छ ।’

चार सदस्य भएका मांशहारी परिवारले दुई वटा कारले भन्दा बढी ग्रीन हाउस ग्यास छोड्छ । उदेगलाग्दो चाहि के छ भने, जब ग्लोबल वार्मिङको कुरा गरिन्छ, तब कारलाई दोष दिइन्छ, मासु खानेहरुलाई होइन । यही कारण ग्रीन हाउस ग्यास उत्सर्जन बढी हुन्छ । बि्रटेनका फूड सेक्युरिटी विज्ञ टिम बेन्टन भन्छन्, ‘हाम्रो खानपानको प्रवृत्तिले हाम्रो माहौलमा असर पर्छ । तर, यसमा कसैको ध्यान जाँदैन ।

हामीले पूर्ण रुपमा मासु छाड्न सकेनौ भने पनि यसको खपत कम गर्न सकिन्छ । यसले पक्कै सकारात्मक नतिजा दिनेछ । Krishna Kumar Saiju (वार्ता) 15:37, 14 अगस्त 2019 (UTC)[उत्तर दें]