हरितालिका ब्रत

मुक्त ज्ञानकोश विकिपीडिया से

हरण / हरत +आलिका = हरतालिका अर्थात् पिता  गिरिराज द्वारा पार्वतीको विवाह भगवान बिष्णुसंग गरिदिन लागेको कुरा पार्वतीले थाहा पाएपछि पार्वती विक्षिप्त अबस्थामा रहेको उनकी साथी आलिकाले देखेपछि उनले पार्वतीलाइ सोधिछन " पार्वती आज तिमी किन यति धेरै निराश ? तिमी यतिधेरै दुखि हुनुपर्ने के कारण भयो ? पार्वतीले आलिका लाइ भनिछन " मेरो विवाह भगवान बिष्णुसंग हुनलागेको छ। मेरा पिताजीले नारदसंग बचन दिनु भएको छ तर मैले भगवान शिबलाइ  मनबाट नै बरण गरिसकेकी छु , अब म कसरी बिष्णुसंग विवाह गर्न सक्छु ? मसंग मर्नु भन्दा अर्को विकल्प छैन। यो कुरा सुने पछि आलिकाले पार्वतीलाइ भनिछन- " हे पर्बतो तिमीले मर्नु पनि पर्दैन र बिष्णुसंग विवाह गर्नु पनि पर्दैन हिड़ मसंग, म तिमीलाई कसैले नदेख्ने ठाउमा लैजान्छु। आलिकाले पार्वतीमाथि आइपरेको संकटबाट मुक्त गराउन उनका पिता गिरिराजले नदेख्ने ठाउमा पार्वतीलाइ हरण गरेर लागेकी थिन। पार्वतीले त्यहि स्थानमा  निराहार ब्रत बसेकी थिन। उनको ब्रतबाट भगवान  शिव  प्रभावित भै उनलाई पत्नीकोरुपमा स्वीकार गरेको दिन  भाद्र शुक्ल तृतीयका दिनलाई नेपाली मष्ट धर्म र  भारतीय हिन्दु धर्म अबलम्बि महिलाहरुले आफ्नो इच्छा पुरा गर्न  निराहार, निर्जल ब्रत बस्ने गर्दछन। त्यसैले भाद्र शुक्ल तृतीयका दिन पति नहुने नारीले असल पति प्राप्तिका लागि र पति हुनेहरुले पतिको सुस्वास्थ, दिर्घायुको लागि पानी, आन्ना समेत नखाई बस्ने ब्रत लाइ हरितालिका ब्रत भनिन्छ।