वार्ता:इंद्र सुंदास

पृष्ठ की सामग्री दूसरी भाषाओं में उपलब्ध नहीं है।
मुक्त ज्ञानकोश विकिपीडिया से

कथाकार, उपन्यासकार इन्द्र सुन्दासको जन्म २२ सेप्टेम्बर, १९१८ का दिन खरसाङको सिपाहीधुरामा भएको थियो।

खरसाङको सेन्ट अल्फन्सस् स्कूलबाट डिस्टिङ्सन सहित मेट्रिक र कालेबुङ एस.यु.एम.आई. बाट आइ.ए. गरी सन् १९४७ मा बी.ए. पास गरेपछि इन्द्र सुन्दासले डब्लु.बी.सी.एस. गरेर नोकरी गर्न लागे अनि पदोन्नति हुँदै पछि म्याजिस्ट्रेटसम्म हुन पुगे।

इन्द्र सुन्दासको पहिलो प्रकाशित कथा 'सपनाको सम्झना' सन् १९३६ को मई महिनामा कालेबुङको परिवर्तन पत्रिकामा छापिएको थियो। उक्त पत्रिकाको जनवरी अङ्कमा 'सर्वोपकारी' भन्ने लेख चाहिँ उनको पहिलो प्रकाशित रचना थियो।

मैनाली र रूपनारायण सिंहका जस्तै इन्द्र सुन्दस्का कथामा पनि रोमान्टिक भावधारा छ अनि ग्राम्य जनजीवनको छाप छ। दार्जिलिङ पहाडका डाँडाकाँडा, कमानबस्तीलाई उनले आफ्ना कथाका कार्यपीठिका बनाएका छन्। यसैले उनका कथाहरू आञ्चलिक कथाका रूपमा परिचित छन्। सरल प्रवाहद्वारा घटना र पात्रपात्राबिचमा सुन्दर संयोजन गरी उनले कथालाई कलात्मक बनाएका छन्। उनका कथाको घटनासंयोजन आकस्मिकभन्दा बढी स्वाभाविक देखिन्छ। आफ्ना कथामा मानवताको उच्च आदर्शलाई स्थापना गर्ने प्रयास पनि उनले गरेका छन् ।

इन्द्रसुन्दास एक सफल उपन्यासकार पनि हुन् । उनका चारवटा उपन्यासहरू प्रकाशित छन्। जुनेली रेखा (१९६९) उपन्यासका लागि सन् १९८० सालको भानुभक्त पुरस्कार र नियति (१९८३) उपन्यासका लागि साहित्य अकादमी पुरस्कारद्वारा उनी पुरस्कृत भएका थिए। अनुवाद-कार्यतिर पनि कलम चलाएर जवाहरलाल नेहरूको पिताको पत्र छोरीलाई, महात्मा गान्धीको आत्मकथा, मानिक बन्धोपाध्यायको पद्मा नदीको माझी, सुकुमार सेनको बङ्गला साहित्यको इतिहास, रवीन्द्रनाथ ठाकुरका कथाहरू, टल्सटयका कथाहरू आदि पुस्तकहरू उनले अनुवाद गरेका छन्।

नेपाली साहित्य सम्मेलन, दार्जिलिङका उपमन्त्री पनि रहिसकेका इन्द्र सुन्दासको निधन सन् २००३ को १० मईका दिन भयो ।

उनका प्रकाशित कथासङ्ग्रहहरू :

१. रानी खोला (सन् १९७७)

२. रोमन्थन (सन् १९८९)