सदस्य वार्ता:Option Nepal ( ON Human Rights )/प्रयोगपृष्ठ

पृष्ठ की सामग्री दूसरी भाषाओं में उपलब्ध नहीं है।
मुक्त ज्ञानकोश विकिपीडिया से

शदियौं देखी जातिय विभेदमा परेको छ कथित शुद्र ( दलित ) :- भोला प्रसाद लोहनी ( पाञ्चाल )[संपादित करें]

'शदियौं देखी जातिय विभेदमा परेको छ कथित शुद्र ( दलित ) :''''--Option Nepal ( ON Human Rights ) (वार्ता) 13:10, 6 सितंबर 2018 (UTC) _____________________________________________ _________[उत्तर दें]

शूद्रलाई बुद्धि नदिनु र कुनै धर्म र ब्रतको उपदेश पनि नदिनु ।

“न शूद्राय मतिं दद्यात्......नचास्य ब्रतमादिशेत्” (मनुस्मृति–४/८०) ।

तथाकथित हिन्दू वर्ण व्यवस्थाको संहिता (ग्रन्थ) जसलाई मनुस्मृतिको नामले जानिन्छ, सर्वप्रथम त्यसैमा जाति विभेद गरिएको छ । इतिहासको थालनीमा जातपात प्रथा नरहेको प्रमाणहरू शास्त्रीय ग्रन्थहरूमा र ऐतिहासिक स्रोतहरूमा प्रशस्त भेटिन्छन् । आदिम समाजका मानिसहरू जात र कुलमा सबै समान थिए अर्थात् त्यहाँ मानिस मानिसबीच जातीय असमानता र भेदभाव जन्मेको थिएन ।

‘‘जात्या च सदृशाः सर्वे कुलेन सदृशास्तथा’ (शान्तिपर्व १०७/३०) ।

यसै गरी अत्रि संहिताले यस्तो व्यवस्था ग¥यो कि ब्राह्मणले गर्ने जप, होम आदि कार्य शूद्रले गर्न खोज्यो भने त्यस्तो शूद्रलाई राजाले मृत्युदण्ड दिनुपर्छ । किनभने पानीले आगो निभाएझैं जप – होम आदि गर्ने शूद्रले सम्पूर्ण राष्ट्रलाई नष्ट गर्छ ।

‘बध्यो राजा सबै शूद्रो जपहोमपुरस्यः “यतो राष्ट्रस्य हन्ताऽसौ यथा बन्हेश्च वै जलम् (अत्रि संहिता–१९) ।

अत्रि मुनिले गरेको यस्तो व्यबस्थाको तात्पर्य के हो ? बाहुनले जप गरे देश बन्ने, तर शूद्रले जप गरे देश नष्ट हुने ? सदैव बाहुनले नै जप, होम ग¥यो तब पनि राष्ट्रहरू किन अशान्त छन् ? दुनियामा यतिको पापाचार किन बढ््यो ? भ्रष्टाचार किन व्याप्त हुन पुग्यो ? व्यभिचार कसरी पैmलियो ? मनुले त यहाँसम्म भनेछन् कि शूद्रले वेद सुनेमा सीसा र लाहा पगालेर उसको कानमा हालिदिनु । वेदको मन्त्र उच्चारण गरेमा जिब्रो काटिदिनु, वेदमन्त्र कण्ठस्थ गरेमा ज्यानै खत्तम गरिदिनु, उसले आसन, बिस्तरा, बाटो आदिमा उच्च जातिसित टाँसिन खोजे एक सय पण दण्ड गर्नु ।

“अथाहास्य वेदमुपशृण्वतस्त्रपु जतुभ्यां श्रौतपरिपूरणम् उदाहरणे जिह्वाच्छेदः धारणे शरीरं भेदः आसनशयनवाकपथिषुसम प्रेप्सुदंण्डचः शतम्” (मनुस्मृति– १२)

वेद सुन्नु वा वेदद्वारा निर्देशित आचरणको पालन गर्नु अपराध हो त ? अपराध हो भने सबै का लागि अपराध नै हुन्छ । वास्तवमा वेद के हो र कसरी आयो अथवा मानवीय जीवनमा वेदको प्रयोजन के छ भन्ने कुराको बहसको विषय छँदैछ । तैपनि कुनै एउटा ग्रन्थ आपूmलाई सर्वोपरी ठान्ने समुदायका व्यक्तिका लागि पठनीय र अन्य समुदायका व्यक्तिका लागि अपराधजन्य कार्य भनिनुका पछाडि के कारण हुन सक्छ ? तल्लो जातिको मान्छेले माथिल्लो जातको मान्छेसँग एउटै आसनमा बस्न हुँदैन । अर्थात् सभा वा सामाजिक व्यवहारवश पनि माथिल्लो जातका साथ तल्लो जातले बस्न हुँदैन । एउटै आसनमा बस्न हुँदैन अलग्गै बस्नुपर्छ । तैपनि कुनै तल्लो जातिले त्यसरी एउटै आसनमा बस्न खोज्यो भने उसको पीठमा डामेर, चाकको मासु खुर्केर देश निकाला गर्नु भनेर “मनुस्मृतिले निर्देश गरेको छ । शूद्रलाई शिक्षा र धनबाट किन वञ्चित ग¥यो ? सामाजिक व्यवस्थामा अविच्छिन्न रुपमा दासको जन्म भइरहोस् भन्ने उद्देश्यले जातीय स्वरुपको निर्माण गरे र त्यस्तोलाई शूद्र जातिको नामाकरण गरे।

“सहासनमभिप्रेप्सुरुत्कृष्टस्यापकृष्टजं:कट्याकृताङ्गो निर्वास्यः स्फिचं वास्यावकर्तयेत्। (मनुस्मृति ३/२३९/२८१)

शूद्रलाई धन कमाउनबाट समेत मनुले वञ्चित गरेका छन् । उनले भनेका छन् कि यदि कुनै शूद्रले लोभमा परेर उच्च जातिले अपनाएको व्यवसाय गर्छ भने राजाले उसलाई सर्वस्वहरण सहित तुरुन्तै देश निकाला गर्नु ।

‘यो लोभादधमो जात्या जीवे दुत्कृष्ट कर्माभिः तं राजा निर्धनं कृत्वा क्षिप्रमेव प्रवासयत् । (मनुस्मृति १०/९६)

यसरी प्राचीन धर्मग्रन्थका निर्माताहरू अथवा सामाजिक व्यवस्था तथा अनुशासनको उद्घोष गर्नेहरू अथवा समाजका तथाकथित तत्कालीन ठेकेदारहरूले तल्लो जातिका व्यक्ति, जसलाई उनीहरूले शूद्र भनेर सम्बोधन गरे त्यो व्यक्तिलाई बुद्धि दिनु हुँदैन भन्ने धारणा स्थापित गरे । शूद्रहरूले कुनै प्रकारको धर्म र ब्रतको चर्चा नगरोस् । चिन्तक वा विचारकहरूको उपदेश नसुनोस् र वेद ग्रन्थको अध्ययन अनुसरण नगरोस् भनेर सामाजिक, धार्मिक, राजनीतिक परिबन्धहरू पनि उनीहरूले मिलाए । ब्राह्मणले गर्ने जप, होम आदि कार्य पनि शूद्रले गर्नु हुँदैन अनि तल्लो जातिको मान्छेले माथिल्लो जातको मान्छेसँग एउटै आसनमा बस्नसम्म हुँदैन । यसरी के कुरा प्रष्ट हुन्छ भने स्मृतिकालमा आएर शूद्रलाई मानिसको स्तरबाट झारेर पशुभन्दा पनि नीच कुकुर र सुँगुरको दर्जामा राख्ने काम गरियो । टाठाबाठाहरूले मानिसको रगत–पसिनामा चयन गर्ने नियम कानून बनाए । परिणामस्वरुप शूद्रको स्थिति ज्यादै दयनीय बन्न पुग्यो । आज ती प्राचीन सामाजिक संरचना, जातीय विभेद र मनगढन्ते रुढीवादी नियम कानूनहरू ध्वस्त भइसकेका छन्् । तापनि आँशिक मात्रामा त्यस्का अवशेषहरू कुनै न कुनै रुपमा विद्यमान नै छ । तसर्थ यस्ता प्राचीन रुढीबादी र मनगढन्ते व्यवस्थालाई छिटो भन्दा छिटो तिलान्जली दिनु आवश्यक छ । आज शहरी परिवेश र ग्रामीण जनजीवनमा धेरै ठूलो अन्तर छ । शहरी रहन–सहन र क्रियाकलापमा तल्लो जात र माथिल्लो जात भनी छुट् याएर गुजारा गर्नु कुनै पनि कथित उच्च जातिका लागि अव्यावहारिक मात्र होइन असम्भव नै छ । तर, ग्रामीण जीवनमा अझै पनि त्यस्तो नाजीवादी मनोवृत्ति हटेको छै न । त्यहाँ कुवाँको पानी खान तल्लो जातिलाई प्रतिबन्ध लगाइएको छ । यहाँ सम्म कि दलित र गैरदलितको लागि छुट्टाछुट्टै कुवाँ वा धारा बनाइएको छ । दलितले शिक्षा नपाउन्् भन्ने राज्यद्वारा प्रत्यक्षरुपमा नीतिनियम बनाएको नदेखिएता पनि अप्रत्यक्षरुपमा आज पनि उनीहरूले उपयुक्त र सुलभ किसिमले शिक्षा पाउन सकिरहेका छैनन् । अहिले पनि दलित बालबालिकालाई कथित उपल्लो जातिका बालबालिका तथा शिक्षकले भेदभाव गर्ने, अमानवीय व्यवहार गर्ने अवस्था कायमै छ । तल्लो जातिले माथिल्लो जातिका सँग घुलमिल गर्न हुँदैन, घरव्यवहार गर्न हुँदैन, मठ–मन्दिरमा प्रवेश गर्न पाइदैन । यस्ता अनेकौं प्रचलनहरू प्रत्यक्ष वा परोक्ष रुपमा कायम नै छ । हजारौं वर्षदेखि तथाकथित माथिल्लो जातिले उनीहरूमाथि अन्याय गर्दै आएका छन् । उनीहरूलाई हेपेका र अपमान गरेका छन् । उनीहरूलाई सँगसँगै बाँच्न दिएका छैनन् । अमानवीय यातना र दण्ड दिएका छन् । सीसा पगालेर कानमा हाल्ने, जिब्रो काट्ने, पिठ्यू डाम्ने र चाकको मासु खुर्केर देश निकाला गर्नु जस्ता अनेकौं तरिकाले उनीहरूलाई दुःख र पीडा दिँदै आए । उच्च जातिहरू एक्लै बस्न चाहेनन् । किनभने सामन्ती मनोवृत्तिका जातिहरूलाई काम गर्ने दास चाहिन्थ्यो । खेतिपाती, व्यवसाय र अन्य कामहरू गर्ने मानिस नभई जीवन नै कठिन हुने भएका कारण उनीहरूले तथाकथित तल्लो जातिका मानिसलाई सामाजिक दायरामै राखे । मनुस्मिृतिमा भनिएको छ कि बाहुनको सेवा–सुश्रुषा र दासत्व गर्नु नै शूद्रहरूको विशिष्ट काम हो । यदि दास वा शूद्रहरूले ती कार्य नगरी अन्य काम गर्न खोजे भने त्यो विफल हुनेछ ।

“विप्रसेवैव शूद्रस्य विशिष्टं कर्म कीत्र्यते । यदतोन्यद्धि कुरुते तत् भवत्यस्य निष्फलम्” (मनुस्मृति १०/१२३)

यसबाट सिद्ध हुन्छ कि ब्राह्मणले आफ्नो निजी जीवनयापनका लागि अन्य जातिहरूको निर्माण मानव अधिकार स्मारिका गरी तिनीहरूलाई दास बनाए । सामाजिक व्यवस्थामा अविच्छिन्न रुपमा दासको जन्म भइरहोस् भन्ने उद्देश्यले जातीय स्वरुपको निर्माण गरे र त्यस्तोलाई शूद्र जातिको नामाकरण गरे । उनीहरूलाई शताब्दियौंसम्म दास बनाई राख्न अनेक कठोर नियमहरू बनाए । शूद्रलाई जूठो अन्न, पुराना कपडा, ओछ्याउनलाई पराल र ओढ््नलाई थाङना– भुल्ला दिनु भन्ने पनि मनुस्मृतिमा उल्लेख गरिएको छ ।

“उच्छिप्टमनं दातव्यं जीर्णानि बसनाचि चपुलकाश्चैव धान्यना जीर्णश्चैव परिच्छदाः ।” (मनुस्मृति १०/१२५)

माथिल्ला जातिको सेवा गर्नु नै तल्ला जातिको नियति हो भन्ने मनोविज्ञान ती जातिमा बनोस् र उनीहरूको सन्तानमा पनि जन्मबाटै दासताको संस्कार पलाओस् भन्ने उनीहरूको चाहना छर्लङ्ग हुन्छ । मनुस्मृतिले स्पष्ट रुपमा भनेको छ कि धन कमाउन सक्ने भए पनि शूद्रहरूले धन संग्रह गर्नु हुँदैन । किनभने शूद्र धनि भयो भने त्यसले ब्राह्मणलाई बाधा र नोक्सानी पु¥याउँछ ।

“शक्तेनापि हि शूद्रेण नकार्यो धनसञ्चयः शूद्रो हि धनमासाध ब्राह्मणानेव वाधते” (मनुस्मृति-१२९)

आफ्नो धारणामा ब्राह्मणहरू कतिसम्म कट्टर थिए भने मनुस्मृतिमै भनिएको छ-

“एक जातिद्र्विजातिस्तु बाचादारुणयाक्षिपन् जिह्वाया : प्राप्नुयाच्छेदं जधन्यप्रभवो हि सः” (मनुस्मृति ८/२७०)

अर्थात् शूद्र जातिले ब्राह्मण, क्षेत्रीय र बैश्य जातिप्रति कडा बचन बोल्दछ भने त्यसको जिब्रो काटि दिनुपर्छ । किनभने जिब्रो काटिने जघन्य अपराध उसले गरेको हो । यस्तै प्रकारको घोर अन्यायपूर्ण सामाजिक व्यवस्था प्राचीन धर्मशास्त्रहरू (खासगरी मनुस्मृति, अत्रिसंहिता) मा उल्लेख भएको पाइन्छन् सोही व्यवस्थालाई यहाँका कथित उपल्ला जातिहरूले पनि वर्णाश्रम व्यवस्थाका आधारमा राजनीतिक, सामाजिक, धार्मिक व्यवस्था कायम ग¥यो । यस व्यवस्था अन्तर्गत दास सदैव दास नै रहने परिपाटी निर्माण गरियो । दास मानिने जातिहरूलाई सम्पत्तिवान बन्न दिइएन । उनीहरूमा धार्मिक चित्त र वृत्तिको विकास गर्न दिइएन । तत्कालीन शिक्षाको स्रोत नै वेद तथा अन्य धर्मग्रन्थ भएकाले त्यसको अध्ययन र तद्अनुकूलको आचरण गर्नबाट रोकियो । समय बदलिँदै गयो र तल्लो जातिले पनि आपूm विरुद्धको शताब्दियौं पुरानो षडयन्त्रको जाललाई तोड्ने कोशिस ग¥यो । हुन त यस्तो प्रयासमा दलित समुदायले शारीरिक, मानसिक तथा भौतिक यातनाको शिकार हुनुप¥यो र सामाजिक क्रान्तिका ती वीर शहीदहरूको बलिदानका कारण एक्काइसौं शताब्दीमा आएर दलितले आपूmहरू पनि यसै समाजको समान हैसियत भएका सदस्य भएको अनुभव गर्न थाले । यसका पछाडि बुद्ध, महाबीर, महात्मा ज्योतिवाफूले, डा.अम्बेडकर जस्ता महामानवहरू, जसले सम्पूर्ण मानव जातिलाई एक समान भएको उपदेश दिए, उहाँहरूको महान् योगदान छ ।

बस्ती मानव अधिकारको स्थापना गरिनु पर्दछ : भोलाप्रसाद लोहनी[संपादित करें]

     मानव अधिकारलाई जान्न र बुझ्न तथा यसको औपचारिक परिभाषाको शरण लिन जरुरी छैन । विगतका ६÷७ दशकमा मानव अधिकारको तात्पर्य बुझ्न र बुझाउन यथेष्ट प्रयासहरू भएका छन् । तर, मानव अधिकारको प्रचलनको कुरा गर्ने हो भने, यसको अवस्था निश्चय पनि गम्भीर नै छ । यो कुरा नेपालमा मात्र होइन, संसारभरिकै मुुलुकका लागि यो यसरी नै भन्न सकिन्छ । मानव अधिकारको ज्ञान र मानव अधिकारको सम्मान दुई फरक अवस्था हुन् । यद्यपि यी दुई एक अर्कादेखि अभिन्न पनि छन् । मानव अधिकारसम्बन्धी ज्ञानको अभावमा यसको सम्मान सम्भव छैन । तर, मानव अधिकारको ज्ञान भएर पनि त्यसको सम्मान गर्न तत्पर नहुनु भनेको विडम्बना हो ।

मानव अधिकारको अवधारणा केन्द्रमा उत्पन्न भएको हो, जो परिधि उन्मुख छ । मानव अधिकारको दार्शनिक विकास मानिसको चेतनागत विकाससँगै भएको हो । तर, हामीले प्रचलनमा ल्याउन खोजिरहेको मानव अधिकारको स्रोत भनेको संयुक्त राष्ट्रसंघद्वारा सन् १९४८ मा गरिएको त्यो घोषणापत्र हो, जसमा विश्व मानव मात्रले पाउने आधारभूत सामाजिक, आर्थिक, नागरिक हक र स्वतन्त्रताको प्रत्याभूति प्रदान गरिएको छ । मानिसलाई सर्वश्रेष्ठ प्राणी हुनुको भावबोधसँगै यसलाई गरिमा प्रदान गर्न र त्यसमा गौरवानुभूति गर्ने अवसर यसले प्रदान गरेको छ । राष्ट्रसंघद्वारा सार्वभौम घोषणाको रूपमा जारी गरिएको मानव अधिकारको सूची ‘समग्र र सार’ दुबै अर्थमा मानवतावाद नै हो । मानिसको आदर्श–प्रतिष्ठा–प्रकृति आदिमा विश्वास गर्ने सिद्धान्त हो । मानिसले मानिसलाई गर्ने सम्मान हो, प्रेम हो, कर्तव्य हो । हामीलाई थाहा छ– मानव अधिकारको स्थापना केन्द्रमा भएको हो र परिधितर्फ गतिशील पनि छ । तर, यसको गन्तव्य र गतिशीलता दुबैको लेखाजोखा हुनु आवश्यक छ । केन्द्र भन्नुको कारण मानव अधिकार राष्ट्रसंघीय प्रणाली तहत यो स्वयं संगठन विशेषले आत्मसात् गरेको स्वरूपमा निर्मित अवधारणा भएकोले हो । यसको कार्यान्वयन पनि स्वयं यसले आफैँले गर्दैन, अपितु राजनीतिक प्रणाली तहत राज्य सरकारहरूले गर्दछन् । यो यति मात्र होइन, यहाँ थप के पनि उल्लेख हुनु आवश्यक छ भने मानव अधिकार कार्यान्वयन गर्ने पक्षको भूमिकाले मात्र यसको औचित्य पूरा गर्ने होइन, अपितु यसको लक्षित समुदायको आफ्नै असफल प्रयत्नका कारणले पनि यो प्रणाली असफल सिद्ध हुने गर्दछ । किनभने मानव अधिकार प्रणालीको दोस्रो तहमा अर्थात् मानव अधिकार कार्यान्वयन तहमा सरकार हुन्छ र सरकार अर्थात् शासक स्वभावैले पनि मानव अधिकारको मुख्य उल्लंघनकर्ता मानिन्छ । तर, हामीले के विश्वास गर्दछौं भने मानव अधिकार प्रणाली खास–खास ठाउँ र विषयमा अवश्य पनि असफल भएको हुन सक्छ, तर समग्रमा यसले निकै ठूलो प्रगति गरेको छ, उपलब्धि प्राप्त गरेको छ र पूर्वाधार निर्माण गरेको छ । त्यसैको जगमा आज हामी अधिकारको नित्य नवीन निर्माण र समस्याको निरूपण गर्दै आएका छौं । निश्चय पनि यो युग नयाँ प्रयोगको युग हो । अनुसन्धान र विकासको प्रभाव मानव अधिकार प्रणालीमा पनि पर्नु स्वाभाविक नै छ । मानव अधिकार प्रणालीको मूलभूत लक्ष्य भनेको लक्षित समुदायमा मानव अधिकारको ज्ञान र सम्मानको स्थापना गर्नु हो । यो नभई मानव अधिकारको ज्ञान पुगेको मान्न सकिन्न र मानव अधिकारको सम्मानको स्थिति निर्माण नभएसम्म मानव अधिकार अभियन्ता सन्तुष्ट हुने कुरा छैन । यसको मतलव मानव अधिकारको सम्पूर्ण आयामप्रति व्यक्ति–व्यक्तिलाई जागरुक बनाउने र समग्रमा भन्नु पर्दा हरेक बस्ती र समुदायलाई जागृत मानव अधिकार बस्तीको उपमा, नमूना वा नाम दिन सकिने संस्कार निर्माण गर्ने विषय हो । मानव अधिकार बस्तीमा सामाजीकीकरण गर्ने विषय हो । मानव अधिकार घोषणापत्रको सार्वभौमसत्ता सिद्ध गर्ने र त्यसलाई सार्थक तुल्याउने विषय हो । यसका लागि मानव अधिकारको ज्ञान र सम्मानको पाठ र प्रणालीलाई लक्षित समुदायको घर आँगन अर्थात् बस्तीमै पु¥याउनु आवश्यक छ । मानव अधिकार प्रणालीको पादसोपानको कुरा गर्दा घोषणापत्र–कार्यान्वयनकर्ता सरकार–सरकारी, गैरसरकारी, स्थानीय निकायहरू–अधिकार लक्षित समुदाय अर्थात् बस्ती–परिवार–व्यक्तिसम्म पुग्छ । निश्चय पनि सन् १९४८ डिसेम्बर १० को उद्घोषको आशय व्यक्ति–व्यक्तिलाई मानव अधिकारको ज्ञान र सम्मानको भावनाबाट ओतप्रोत बनाउनु हो र यसै आशयको पूर्तिको लागि निकै प्रयासहरू पनि भएका छन् । मानव अधिकारका अनुगमन कार्यालयहरू त्यस प्रणालीको तेस्रो तहमा छन् । तर, यसै तहमा पनि र चौथो–पाँचौं तहमा समेत मानव अधिकार कार्यान्वयनकर्ता अधिकारी नै छैनन् । तेस्रो तहको रिक्ततापूर्ति रिक्त क्षेत्रमा आमजनताको पहुँच कायम गराएमा सम्भव छ, तर यसका लागि पनि चौथो तह अर्थात् बस्ती र पाँचौ तह अर्थात् परिवार तहमा मानव अधिकारको कायानर्वयनकर्ता कसरी खडा गर्ने भन्ने सवाल छ । यो सवालको हल बस्ती वा परिवारलाई मानव अधिकारको पाठ र अनुशासन सिकाउनु नै हो । अर्थात् मानव अधिकारको उल्लंघन परिवारमा, बस्तीमा र अन्य परिवेशमा हुने गर्दछ । बस्ती र परिवारका पीडक र पीडित पक्षहरू स्थायी अर्थात् सामाजिक चरित्रका हुन्छन् । यी सामाजिक पक्षहरूलाई जागृत मानव अधिकार बस्तीको झण्डा दिन सकिन्छ । यस्ता बस्ती वा परिवारहरूले यस्तो झण्डा फहराउन सक्छन् । प्रणालीगत रूपमा यो उपलब्धिमूलक सावित हुन सक्छ । सारमा के भन्न खोजिएको छ भने अब आउने समयमा मानव अधिकार घोषणाको अन्तिम लक्ष्य प्राप्त गर्न “बस्ती मानव अधिकारको अवधारणा” माथि काम हुन आवश्यक छ ।