वार्ता:ज्ञानेन्द्र वीर विक्रम शाह देव

पृष्ठ की सामग्री दूसरी भाषाओं में उपलब्ध नहीं है।
विषय जोड़ें
मुक्त ज्ञानकोश विकिपीडिया से

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव

शुभजन्मः श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शुभजन्म वि॰सं॰‌‌२००४ साल असार २३ गते (सन् १९४७ जुलाई ७ तारीख) का दिन स्वर्गीय श्री ५ महेन्द्र वीर विक्रम शाह (तत्कालीन श्री ५ युवराजाधिराज) तथा स्वर्गीय श्री ५ युवराज्ञी इन्द्र राज्यलक्ष्मी देवी शाहका द्वितीय सुपुत्रका रुपमा नारायणहिटी राजदरबार, काठमाडौंमा भएको हो। शिक्षाः मौसुफबाट २०२३ सालमा भारतको दार्जिलिङ्गस्थित सेण्ट जोसेफ कलेजबाट सिनियर क्याम्ब्रिज र २०२६ सालमा त्रिभुवन विश्‍वविद्यालयबाट स्नातक उपाधि हासिल गरिबक्सेको छ। शुभविवाहः मौसुफको शुभविवाह २०२७ साल बैशाख १९ गते (सन् १९७० में २ तारीख) शनिबारको शुभमूहर्तमा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहका साथ काठमाडौंमा सुसम्पन्न भएको हो। मौसुफहरुका सुपुत्र श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेव र सुपुत्री श्री ५ अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंह होइबक्सिन्छ। राज्य संचालन सम्बन्धी व्यवहारिक ज्ञानः मौसुफबाट स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह विभिन्न समयमा विदेश भ्रमणमा सवारी होइबक्सँदा राजप्रतिनिधि परिषद्को अध्यक्षको अभिभारा बहन गरिबक्सी व्यवहारिक ज्ञान हासिल गरिबक्सेको छ।

मौसुफबाट २०५८ साल जेठ महिनामा केही समय नेपाल अधिराज्यको राज्य सहायकको अभिभारा समेत बहन गरिबक्सेको थियो।

यस अघि मौसुफबाट स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहको शुभ राज्याभिषेक समारोह सल्लाहकार समितिका अध्यक्ष (२०३१ साल) को जिम्मेवारी बहन गरिबक्सेको थियो। राज्यारोहण: मौसुफबाट वि॰सं॰ २०५८ साल जेठ २२ गते (सन् २००१ जून ४ तारीख) सोमबारका दिन नेपाल अधिराज्यका श्री ५ महाराजाधिराजका रुपमा राजगद्दी आरोहण गरिबक्स्यो। परमाधिपतिः श्री ५ महाराजाधिराज शाही नेपाली सेनाका परमाधिपति अतिरथी परम सेनाधिपति होइबक्सन्छ। संग्लनताः मौसुफ त्रिभुवन विश्‍वविद्यालय र महेन्द्र संस्कृत विश्‍वविद्यालयको कुलपति होइबक्सन्छ। यस्तै मौसुफबाट पशुपति क्षेत्र विकास कोष, श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष, लुम्बिनी विकास कोष र नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको संरक्षकत्व ग्रहण गरिबक्सेको छ।

मौसुफ यसअघि लुम्बिनी विकास कोषको (२०४२ सालदेखि २०४७ सालसम्म) अध्यक्ष रहिबक्सेको थियो। यसैगरी मौसुफ श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको स्थापनाकाल २०३८ सालदेखि २०५८ सालसम्म अध्यक्ष रहिबक्सेको थियो। मौसुफ विश्‍व वन्यजन्तु कोषका मानार्थ सदस्य र १००१-नेचर ट्रष्ट (प्रकृति कोष) का संस्थापक सदस्य (२०४२ साल) समेत होइबक्सन्छ। मान-पदवीः श्री ५ महाराजाधिराज नेपाल अधिराज्यका सबै मानपदवीहरुका परमाधिपति होइबक्सन्छ।

मौसुफ श्री ५ अधिराजकुमार रहिबक्सँदा स्वदेश तथा विदेशका विभिन्न मानपदवी, अलंकार, विभूषण तथा पदकहरुबाट विभूषित होइबक्सेको थियो। २०५५ सालमा ओजस्वीराजन्य र विशिष्ट सेवा पदक, २०५३ सालमा गद्दी आरोहण रजत महोत्सव पदक र जर्मनीको द ग्रयाण्ड क्रस, २०५२ सालमा त्रिभुवन प्रजातन्त्र श्रीपद पहिला, २०४४ सालमा तेश्रो सार्क शिखर स्मृति पदक, २०६२ सालमा रुसी महासंघको स्टेट टेक्निकल यूनिभर्सिटीबाट मानार्थ महाविद्यावारिधि, २०४४ सालमा स्पेनको ग्रयाण्ड क्रस ईजावेल ल क्यातोलिका र गणन्त्र कोरियाको ग्रयाण्ड ग्वाङ्गव्हा अर्डर अफ डिप्लोम्याटिक सर्भिस मेरिट, २०४३ सालमा द नेदरल्याण्ड्सको द अर्डर अफ द गोल्डेन आर्क (प्रथम श्रेणी), २०४२ सालमा संयुक्त अधिराज्यको नाइट ग्रयाण्ड क्रस अफ द डिष्टिङ गुइष्ट अर्डर अफ सेण्ट माइकल एण्ड सेण्ट जर्ज (जी.सी.एम.जी) र नेपाल श्रीपद पहिला, २०४० सालमा फान्सको ग्रयाण्ड क्रस अफ द नेशनल अर्डर अफ मेरीट, २०३६ सालमा नेपाल तारा पहिला, थाइल्याण्डको नाइट ग्रयाण्ड कर्डन अफ द मोष्ट एक्जल्टेड अर्डर अफ द व्हाइट एलिफयाण्ट, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको अर्डर अफ लेबर, २०३१ सालमा ॐ रामपट्ट र श्री ५ वीरेन्द्र शुभ राज्याभिषेक पदक, २०३० सालमा युगोस्लाभियाको ग्रयाण्ड कर्डन अफ युगोस्लाभ फ्ल्याग (प्रथम), २०२९ सालमा त्रिशक्तीपट्ट पहिला, २०२७ सालमा विशेष सेवा पदक र पाकिस्तानको निशान-ए-इम्तियाज, २०२६ सालमा सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु पहिला, २०२५ सालमा अति सुविख्यात सेवालंकार, २०२४ सालमा द नेदरल्याण्डसको द ग्रयाण्ड क्रस अर्डर अफ द हाउस अफ अरेञ्ज र २०१३ सालमा श्री ५ महेन्द्र शुभ राज्याभिषेक पदक।

राजकीय भ्रमणः श्री ५ महाराजाधिराजबाट गणतन्त्र भारतका राष्ट्रपति के. आर. नारायणनको मैत्रीपूर्ण निमन्त्रणामा भारतको राजकीय भ्रमण गरिबक्स्यो। (२०५९/३/९ देखि १४ तद्अनुसार जून २३-२८, २००२)

मौसुफबाट जनवादी गणतन्त्र चीनका राष्ट्रपति चियाङ चमिनको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमण गरिबक्स्यो। (२०५९/३/२५ देखि २०५९/४/२ तद्अनुसार जुलाई ९-१८, २००२)

औपचारिक भ्रमणः श्री ५ महाराजाधिराजबाट संयुक्त अरब इमिरेट्सका राष्ट्रपति सेख खलिफा बिन जायद अल नाहायनको निमन्त्रणमा संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमण गरिबक्स्यो। (२०६२/३/४-२०६२/३/८ तद्अनुसार जुन १८-२२, २००५)

मौसुफबाट श्री ५ अधिराजकुमार होइबक्सँदा भारत (२०३२ साल), प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (२०३४ साल) र गणतन्त्र कोरिया (२०४३ साल) का औपचारिक भ्रमणहरु गरिबक्सेको थियो। विशेष सहभागिताः श्री ५ महाराजाधिराजबाट कतारको दोहामा आयोजित विकासोन्मुख राष्ट्रहरुको संगठन '७७ औं समूह र चीन' को दोश्रो शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरिबक्स्यो। (२०६२/२/३०-२०६२/३/४ तद्अनुसार जून १३-१८, २००५) मौसुफबाट चीनको हेनान प्रान्तस्थित बोआओ नगरमा आयोजित एसियाका लागि बोआओ मञ्च (बोआओ फोरम फर एसिया) को वार्षिक सम्मेलनलाई संबोधन गरिबक्स्यो। (२०६२/१/१०-१३ तद्अनुसार अप्रिल २३-२६, २००५)

श्री ५ महाराजाधिराजबाट इण्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसियाली-अफ्रिकी राष्ट्रहरुको शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरिबक्स्यो। (२०६२/१/७-१० तद्अनुसार अप्रिल २०-२३, २००५) यसैगरी मौसुफबाट स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहको प्रतिनिधित्व गरिबक्सदैं भुटानका नरेश जिग्मे सिंगे वाङ चुकको गद्दी आरोहणको समारोह (२०२८ साल), पूर्व युगोस्लाभियाका राष्ट्रपति महामहिम श्री जोसिफ ब्रज टिटोको अन्त्येष्टि समारोह (२०३६ साल) र संयूक्त अधिराज्यका युवराज चार्ल्सको शुभविवाह समारोह (२०३७ साल)मा सरिक होइबक्सेको थियो। अन्य विदेश भ्रमण:श्री ५ महाराजाधिराजबाट भारत, चीन, भुटान, पाकिस्तान, जापान, थाइल्याण्ड, म्यान्मार, सिंगापुर, संयुक्त राज्य अमेरिका, पूर्व सोभियत संघ, संयुक्त अधिराज्य, द नेदरल्याण्ड्स, डेनमार्क, संघीय गणतन्त्र जर्मनी, फान्स, ईटली, स्वीट्जरल्याण्ड, साउदी अरेबिया, टर्की, संयुक्त अरब इमिरेट्स, अष्ट्रिया, क्यानाडा, पूर्व युगोस्लाभिया, रोमानिया, हंगेरी, बुल्गेरिया, पूर्व चेकोस्लाभिया, अष्ट्रेलिया, न्यूजील्याण्ड, बेल्जियम र स्पेन, इरान, इजिप्ट, दक्षिण अफ्रिका, बुरुण्डी र तान्जानियाको भ्रमण गरिबक्सेको छ। मूलमन्त्र: मौसुफ 'विद्यामै छ महाशक्ति, कर्ममै छ सुपूजन' भन्ने मूलमन्त्रमा विश्वास राखिबक्सन्छ। सोखः मौसुफको प्रकृतिसम्बन्धी अध्ययन गर्ने, पुस्तक तथा पत्रपत्रिका पढ्ने र कविता रचना गर्ने सोख रहेको छ। अभिरुचिः श्री ५ महाराजाधिराज सरकार प्राकृतिक तथा भौत्तिक सम्पदाहरुको संरक्षण तथा सम्वर्द्धन गर्ने कार्यमा विशेष अभिरुचि राखिबक्सन्छ। Source: http://www.nepalmonarchy.gov.np, Posted by: help_np06@yahoo.com